हामी वैकल्पिक शक्ति बनाउने प्रयासमा छौं : डा. भट्टराई

हेटौँडा, २४ बैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक शक्तिहरुले व्यवस्था फेरे पनि जनताको जीवनस्तरमा परिवर्नत ल्याउन नसकेको बताएका छन् ।
आइतबार हेटौँडामा पत्रकारहरुसँग कुराकानी गर्दै डा. भट्टराईले वर्तमान अवस्थामा राज्य व्यवस्थाप्रति जनताको असन्तुष्टि जायज रहेको बताउँदै अब अग्रगामी समाधान गरिनुपर्नेमा जोड दिएका हुन् ।
वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन नगरेसम्म मुलुकले काँचुली फेर्न नसक्ने उनले ठोकुवा गरे ।
आफ्नो पार्टी वैकल्पिक शक्ति बनाउने प्रयासमा रहेको र समाजवादी विचारधाराबाट अघि बढ्न कोही तयार भए आफूहरु एकता गरेर अघि बढ्ने भट्टराईले बताए ।
माओवादी केन्द्रसँग निर्वाचन तालमेल मात्रै भएको बताउँदै उनले पार्टी एकताको विषय टुंगोमा पुगिनसकेको स्पष्ट पारे ।
पत्रकार सम्मेलनअघि डा. भट्टराईले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसँग प्रदेशको अवस्थाबारेमा जानकारी लिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


