एमाले सांसदको प्रश्न : आरजु र मञ्जुमाथि पक्राउ पुर्जी किन जारी भएन ?

काठमाडौं, २४ बैशाख । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी हुन नसकेको हो ? भन्दै सरकारसँग प्रश्न गरेका छन् । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेताको नाम जोडिएको कुरा बाहिर आइरहेको भन्दै उनले सरकारले गल्ती गर्नेलाई कारबाही गर्नुपर्ने तर निर्दोषको मान हानि गर्न नहुने बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार सार्वजनिक कार्यक्रममा ट्रेलर मात्रै हो, वास्तविक फिल्म आउन बाँकी छ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै उनले प्रधानमन्त्रीले के बोल्ने र के नबोल्ने भन्ने बारेमा ज्ञान राख्न आवश्यक रहेको बताए ।
नक्कली भुटानी शरणार्थीको कुरा सबैभन्दा पहिला संसदमा नेकपा एमालेले उठाएको उनले दाबी गरे । उनले पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा बनाएको छानबिन समितिको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न मागसमेत गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


