काठमाडौं, २४ बैशाख । सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाएको हो ।

शुक्रबार संखुसाभसभाको भोटखोलामा सिम्रिकको हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त हेलिकप्टर दुर्घटनामा परेपछि अन्य हेलिकप्टर चेकजाँच नहुँदासम्मको लागि सिम्रिक एयरका सबै उडान रोकिएको हो ।

घटनाको प्राधिकरणले अनुसन्धान गरिरहेको छ ।