काठमाडौं, २४ बैशाख । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मन्त्री आचार्यलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा शपथ गराएका हुन् ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा आचार्य कपिलवस्तु क्षेत्र नम्बर–२ बाट विजयी भएका थिए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेसपाका महिन्द्रराय यादव भने खानेपानी मन्त्रालयमा पुगेका छन् ।