सर्लाही, २४ बैशाख । सर्लाहीमा एक महिलाको शव फेला परेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–९ वस्तीपुरचोक नजिक आइतबार बिहान साढे ४ बजे एक अपरिचित महिलाको शव फेला परेको हो ।

कुनै गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ । महिला मागिखाने जस्तो देखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।