भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै युवाहरूले काठमाडौंमा गरे प्रदर्शन

काठमाडौं, २३ बैशाख । भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
शनिबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएर युवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलगायतका भ्रष्टहरुलाई कारबाही गर्न माग गर्दै सरकारलाई दवाव दिन प्रदर्शन गरेका हुन् ।
उनीहरूले भ्रष्टाचारमा संलग्नहरुलाई नछोड्न पनि सरकारलाई खबरदारी गरेका छन् । उनीहरूले ‘प्रचण्ड सरकारलाई खबरदारी, कारबाही गर भ्रष्टाचारी’, ‘गृहमन्त्री काजी दाई, कारबाही गर भ्रष्टाचारीलाई’ लेखिएको प्लेकार्ड समेत प्रर्दशन गरेका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न राजनीतिक दलका नेताहरु मुछिएपछि उनीहरूलाई कारबाही गर्न सरकारमाथि दबाब परेको छ ।
सरकारले पनि सो प्रकरणमा मुछिएकाहरूलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । तर, पक्राउ पूर्जी जारी गरिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार रहेका छन् ।
उनलाई उन्मुक्ति नदिन पनि सरकारलाई प्रदर्शनकारीले सचेत गराएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


