विराटनगर, २३ बैशाख । प्रहरीले विराटनगरबाट ५४ तोला अवैध सुन र साढे ७ लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।

प्रहरीले सुन र नगदसहित कारोबारमा संलग्न दुईजनालाई पक्राउ पनि गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक विनोद मुरारका र उनकी श्रीमती पुष्पा मुरारका छन् ।

विनोद विराटनगरको केएल दुगर समूहका लेखापाल हुन् । पुष्पा भने नेपाली नागरिक हुन् । उनीहरूको साथबाट ८ किलो चाँदी पनि बरामद भएको छ ।

को २ च १४९५ नम्बरको कारमा भारत लैजाने प्रयास गर्दा उनीहरू पक्राउ परेका हुन् । बरामद सुन र चाँदीको मूल्य ९० लाख बराबरको रहेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले दिएको जानकारी अनुसार थप अनुसन्धान भइरहेको छ ।