काठमाडौं, २३ बैशाख । सरकारी कागजात किर्ते गरेको आरोपमा पत्रकार मदनबाबु भण्डारी पक्राउ परेका छन् ।भण्डारीलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसार काठमाडौँका एसपी सीताराम रिजालका अनुसार भण्डारीविरुद्ध सरकारी कागजात किर्ते गरेको उजुरी परेको थियो ।

एसपी रिजालले लिखतसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए । भण्डारी सुरक्षा न्युज नेटवर्कका प्रबन्ध निर्देशक हुन् ।