संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आइतबार बस्दै

काठमाडौं, २३ बैशाख । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आइतबार बस्न लागेको छ ।
चौधौँ अधिवेशनको पहिलो बैठक आइतबार अपराह्न ४ः०० बजे बस्ने तालिका रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिएका हुन् ।
महासचिव गौतमका अनुसार आइतबारको बैठकमा राष्ट्रिय सभाका अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।
त्यस्तै अन्य सम्भावित दैनिक कार्यसूचीमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने रहेको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सभा समक्ष पेस गर्नेछन् ।
त्यसैगरी अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


