शनिबार कोरोनाका ७६ नयाँ संक्रमित थपिए

काठमाडौं, २३ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ७६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६०३ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १३७ रहेको छ । संस्थागत आइसोलेसनमा २४ र सघन उपचार कक्षमा १२ जना रहेका छन् ।
यस्तै, मन्त्रालयले खोप लगाउन छुटेका पाँच वर्षमुनिका सबै बालबालिकाका लागि आइतबार नियमित खोप दिइने जानकारी दिएको छ ।
देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिकाअनुसार १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


