काठमाडौं, २३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गर्ने कुरामा सरकार दृढताका साथ अघि बढ्ने बताएका छन् ।

शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्धको सरकारको अभियान नरोकिने बताएका छन् । उनले भ्रष्टाचारविरुद्धको अभियान प्रक्रिया र पद्धतिअनुसार अघि बढ्ने बताए । उनले दोषी नछुटाउने र निर्दोषी नफस्ने गरी काम गर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले आफू दबाबमा नपरेर काम गर्ने बताएका छन् ।