सर्लाहीमा डीजे गाडीको ठक्करबाट एक युवकको मृत्यु

सर्लाही, २३ बैशाख । सर्लाहीमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको चन्द्रनगर गाउँपालिका–१ मोहनपुर बस्ने २२ वर्षीय पप्पु बैठा रहेका छन् ।
नवलपुर–मलंगवा जोड्ने सडकखण्ड अन्तर्गत हरैयामा गाडीको ठक्करबाट बैठाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
हरिपुर नगरपालिका–४ हरैयामा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बीआर ३० ए २७२१ नम्बरको गाडीले सोही दिशातर्फ पैदल जाँदै गरेका बैठालाई ठक्कर दिएको थियो ।
डीजे गाडीको ठक्करबाट गम्भीर घाइते भएका बैठाको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीव्र गतीमा हुइँकिएको गाडीले पैदल यात्रीसँगै ना ६५ प ४१६० नम्बरको मोटरसाइकलमा समेत ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
डीजे गाडीका चालक कविलासी नगरपालिका–७ गैरका नागेन्द्र कुशवाहा फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


