शुक्रबार कोरोनाका १७ नयाँ संक्रमित थपिए

काठमाडौं, २२ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५७ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यमा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर कोरोनाका संक्रिय संक्रमितको संख्या १६२ पुगेको छ । संस्थागत आइशोलेशनमा २४ जना र आईसीयूमा १२ जना उपचाररत छन् ।
शुक्रबार ५७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


