उद्योगी व्यवसायीको समस्या चाँडै समाधान हुन्छ : मन्त्री रिजाल

काठमाडौं, २२ बैशाख । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।
पत्रकारहरूसँग कुराकानी गर्दै उनले रुग्ण उद्योग व्यवसायलाई कसरी उकास्ने भन्ने विषयमा सरकारले काम गरिराखेको बताएका हुन् ।
उनले उद्योगीको समस्या समाधानका लागि सरकारले बजेटमा विभिन्न कार्यक्रम ल्याउन लागेको बताए । कानुनले समाधान गर्ने विषय कानुनबाट समाधान हुने बताउँदै उनले उद्योगधन्दा बन्द भएर बैंकमा पुग्ने अवस्था नहोस् भन्नका लागि सरकारले सोचिरहेको र सदैव उद्योगीको हितमा काम गर्ने बताए ।
आर्थिक तरलताका कारण समस्या देखिएको बताउँदै उनले यो तरलता कोभिड–१९ सङ्क्रमण, युक्रेन र रसियाको युद्धका कारण बढी भएको बताए ।
उद्योगीहरूको समस्या समाधानका लागि राष्ट्र बैंकका गभर्नरसँग छलफल भइरहेको बताउँदै उनले बैंकको ब्याज घटाउन सरकार लागिपरेको बताए ।
यस्तै सस्तोमा व्यवसायीलाई जग्गा उपलब्ध गराएर उद्योग स्थापनाका लागि प्रोत्साहन गर्न सरकारले कार्यक्रम ल्याउन लागेको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


