एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं, २२ बैशाख । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले वैशाख २६ गतेका लागि सचिवालय बैठक आह्वान गरिएको जानकारी दिएका हुन् ।
उनका अनुसार ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्नेछ ।एमालेको केन्द्रीय कमिटी बैठक झापामा वैशाख २८ देखि ३० गतेसम्म बस्दैछ ।
गत मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्दै छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


