उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा आवश्यक : नेता कोइराला

काठमाडौं, २२ बैशाख । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताएका छन् ।
शुक्रबार पत्रकारहरुसँगको कुराकानीमा उनले उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताएका हुन् ।
उनले भने, ‘हाम्रो लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी छ ।’ पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरुको उदयमान हुनसक्ने सम्भावना रहेको उनको भनाइ छ ।
उपनिर्वाचनमा आन्तरिक कमजोरीका कारण हार बेहोर्नु परेको उनको अनुमान छ । अहिले पार्टीभित्रको असन्तुष्टि भनेको मन्त्रिमण्डल विस्तारमा देखिएको नेता कोइरालाले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


