सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एकजनाको मृत्यु, अन्य चारजना गम्भीर घाइते

काठमाडौं, २२ बैशाख । संखुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।
हेलिकप्टरमा सवार अन्य चारजना गम्भीर घाइते भएको उनले बताए । शुक्रबार दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए ।
दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


