भारत सरकारले महोत्तरीका विपन्न परिवारलाई ग्याँस चुल्हो र सिलिण्डर उपलब्ध गराउने

काठमाडौं, २१ बैशाख । भारत सरकारले महोत्तरी जिल्लाका विपन्न परिवारलाई ग्याँस चुल्हो र ग्याँस सिलिण्डर उपलब्ध गराउने भएको छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी भारतीय राजदूतावासले सुशीला ठाकुर स्मृति स्वास्थ्य फाउण्डेसनमार्फत सहयोग उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।
समझदारीपत्रमा दाउरा, कोइला, गुँइठाजस्ता परम्परागत इन्धनमा निर्भर रहेकाहरुलाई जीविकोपार्जनमा सजिलो बनाउन ग्याँस चुल्हो र ग्याँस सिलिण्डर वितरण गर्न लागिएको बताएको छ ।
भारत सरकारले करिब ५ करोड अनुदान सहयोगमा महोत्तरी जिल्लाको पाँचवटा नगरपालिकाका झन्डै ८ हजार विपन्न तथा सीमान्तकृत परिवारलाई ग्याँस चुल्हो र ग्याँस सिलिण्डर दिन लागेको हो ।
भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत उपलब्ध गराइएको सहयोग भारत सरकारले चलाइरहेको ‘प्रधानमन्त्री उज्ज्वला योजना’जस्तै कार्यक्रम रहेको नेपालस्थित भारतीय दूतावासले बताएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


