काठमाडौं, २१ बैशाख । प्रतिनिधिसभा र राष्ट्रियसभाका सचिव नियुक्त भएका छन् । प्रतिनिधिसभाका लागि पदम पाण्डे र राष्ट्रिय सभाका लागि सुरेन्द्र अर्याल सचिव नियुक्त भएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरेको सिफारिसमा पाण्डे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको सिफारिसमा अर्याललाई संविधानको धारा १०६ बमोजिम सचिव नियुक्त गरेका हुन् ।

पाण्डे नायव महान्यायाधिवक्ता थिए भने अर्याल संसद् सचिवालयका सहसचिव हुन् ।

यसअघि प्रतिनिधिसभाका गोपालनाथ योगी र राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलको पाँचवर्षे कार्यकाल पूरा भएपछि नयाँ सचिव नियुक्त भएका छन् ।