काठमाडौं, २१ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ४३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३०१ जनामा परीक्षण गर्दा सो संख्यमा संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

देशभर पछिल्लो २४ घण्टामा ५० जना संक्रमणमुक्त भएका छन् । हालदेशभर कोरोनाका २०२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।