काठमाडौं, २१ बैशाख । नेपाल शिक्षक महासंघले विभिन्न मागसहित आगामी वैशाख २९ गते विरोध प्रदर्शन गर्ने भएको छ ।

आफ्ना माग पूरा गराउन दबाबस्वरूप काठमाडौंस्थित माइतीघर मण्डलामा वैशाख २९ गते दिउँसो १ बजे विरोध प्रदर्शन गरिने महासंघले जनाएको छ ।

विद्यालय कर्मचारी र बाल कक्षाका शिक्षकको तलब वृद्धिको, शिक्षकको तलबमान जारी गर्दा विभेद भएको ग्रेड तथा तलब मिलान गर्नुपर्ने लगायतका माग राखेको छ ।

त्यस्तै शिक्षकको तलब मासिक रूपमा भुक्तानी दिने प्रबन्ध गर्नुपर्ने महामसंघको माग छ । शिक्षामा कूल बजेटको २० प्रतिशत रकम छुट्याउनु पर्ने लगायतका माग महासंघका रहेका छन् ।