बैशाख २४ गते संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

काठमाडौं, २० बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख २४ गते आइतबार संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
संघीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सो दिन अपराह्न ४ बजेका लागि आह्वान गरिएको हो ।
प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन अनुरोध गरिएको सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।
वर्षे अधिवेशनका रुपमा रहेको यस अधिवेशनको प्रारम्भमै पूर्वबजेट छलफल हुनेछ । यस अधिवेशमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र वार्षिक आयव्ययको विवरण प्रस्तुत हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


