काठमाडौं, २० बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ९१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५३२ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

३३६ जनाको पीसीआर परीक्षणमा २७ र २ हजार १९६ जनाको एन्टिजेन परीक्षणमा ६४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २२० रहेको छ ।