सरकार निर्माणको सम्बन्धमा राष्ट्रिय समझदारी बन्नुपर्छ : उपेन्द्र यादव

काठमाडौं, १९ बैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरू सरकारको स्थिरताको पक्षमा रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा सदस्यको रूपमा सभामुखबाट शपथग्रहण गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूहरू सरकारको स्थिरताको पक्षमा रहेको बताएका हुन् ।
यादवले सरकारले आफ्नो कार्यकाल पूरा गर्नुपर्छ भन्ने पक्षमा पार्टी रहेको स्पष्ट पारे । उनले अस्थिरताले कसैको हित नगर्ने र लोकतन्त्रलाई कमजोर बनाउने भन्दै जनतामा वितृष्णा जाग्न दिनु नहुने उल्लेख गरे ।
अध्यक्ष यादवले सरकार निर्माणको सम्बन्धमा राष्ट्रिय समझदारी बन्नुपर्नेमा जोड दिए ।
यादवले संसदीय समितिको कामलाई सक्रिय र गतिशील बनाउनुपर्ने बताए । उनी १० वैशाखमा भएको उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


