एसिया कपको समूह चरणका खेल नेपालमा आयोजना गर्न पहल गर्नुपर्छ : रास्वपा

काठमाडौं, १९ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एसिया कप क्रिकेटको समूह चरणका खेल नेपालमा आयोजना गर्न पहल गर्नुपर्ने बताएका छन् ।
मंगलबार एसिसी प्रिमियर कप फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसिया कपमा स्थान बनाएलगत्तै विज्ञप्ति जारी गर्दै रास्वपाले यस्तो बताएको हो ।
रास्वपाले यो एजेन्डालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणमा सामेल गर्न पनि माग गरेको छ ।
‘एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएको प्रसङ्गमा एसिया कपका समूह चरणका खेलहरू नेपालमा गराउन उपयुक्त भएकाले नेपाल सरकारको उच्चस्तरीय संयन्त्रबाट प्रतिस्पर्धी मुलुकहरू र एसिसीसँग आजैदेखि पहल थालियोस् । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल गरी पहल गरियोस्,’ रास्वपा महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


