बुटवल, १९ बैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्राप्त गरेका छन् ।मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका हुन् ।

उनको पक्षमा ५३ र विपक्षमा २९ मत खस्यो । कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीलाई नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्तिलगायतका ८ दलले पक्षमा मत दिए । नेकपा एमालेका सांसदले भने उनलाई मत दिएनन् ।

११ वैशाखमा एमालेका लिला गिरी नेतृत्वको सरकार ढलेपछि सत्तारुढ दलको समर्थनमा नेपाली कांग्रेसका चौधरी गत १४ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

लुम्बिनीमा १० दलका ८७ जना प्रदेशसभा सदस्य छन् ।