मधेस प्रदेशमा कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी हुँदै

सर्लाही, ९ बैशाख । मधेस प्रदेशमा कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी हुन लागेको छ ।
‘कृषिमा यान्त्रीकरणको वृद्धि, दुग्धजन्य एवं कृषि उत्पादनमा नविनतम प्रविधि’ भन्ने मुल नाराका साथ कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी हुन लागेको हो ।
सर्लाहीको हरिवन नगरपालिका र प्रदेश दुग्ध विकास बोर्ड मधेस प्रदेशको संयुक्त आयोजनामा प्रदर्शनी हुने बोर्डले जनाएको छ ।
वैशाख १२ गतेदेखि सुरु हुने प्रदर्शनीमा डेरीका मेसिन तथा उत्पादनका साथै कृषिजन्य वस्तु र विभिन्न कृषि औजारहरुको प्रदर्शन गरिने बोर्डका पशु विकास अधिकृत उपेन्द्रकुमार सिंहले जानकारी दिए ।
प्रदर्शनीमा विभिन्न १५० वटा स्टल राखिने उनले बताए । वैशाख १४ गतेसम्म चल्ने प्रदर्शनमा डेरी, कृषि तथा मेसनरीको विषयमा विभिन्न अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिने उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


