प्रधानमन्त्री प्रचण्डलाई मोदीले पठाए भारत भ्रमणको निम्तो

काठमाडौं, ६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विदेश भ्रमण भारतबाटै सुरु हुने पक्का भएको छ ।उनलाई भारतबाट भ्रमणको निम्तो आइसकेको प्रधामन्त्री कार्यालय स्रोतले जनाएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत निम्तो पठाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आवश्यक तयारीका लागि भन्दै तीन दिनअघि परराष्ट्रमन्त्री एनपी साउद नियुक्त भएका थिए ।
भ्रमणको तयारी पूरा भएपछि मात्रै भ्रमणको तालिका सार्वजनिक गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वैशाख अन्तिम साता प्रधानमन्त्रीको भ्रमण हुन सक्ने स्रोतको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


