विहारको मोतिहारीमा विषाक्त मदिरा सेवनबाट ४० जनाको मृत्यु

एजेन्सी, ५ बैशाख । भारतको पूर्वी राज्य विहारको मोतिहारीमा विषाक्त मदिरा सेवनबाट ४० जनाको ज्यान गएको छ ।
जयसिंहपुरमा बनेको मदिरा पूर्वी चम्पारण जिल्लाका चार वडाका पाँच प्रहरी चौकी क्षेत्रमा वितरण गरिएको थियो । उक्त मदिरा सेवन गरेका सबैको स्वास्थ्यमा समस्या देखिएको थियो । मदिरा सेवन गरेका २५ जनाको उपचार भइरहेकोमा १४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा मदिरा स्पिरिटबाट बनेको खुलेको छ, जसमा मिथाइल मिसाइएको थियो । एडीजी (सीआईडी) जितेन्द्र कुमारले पत्रकार सम्मेलन गरी घटनाबारे जनाएका थिए । घटनास्थलबाट बरामद भएका सबै पदार्थको फरेन्सिक साइन्स ल्याबमार्फत अनुसन्धान भइरहेको र रिपोर्ट आएपछि अन्य तथ्य खुल्ने बताए । स्तरमा अनुसन्धान भइरहेको एडीजीले बताए । रिपोर्ट आएपछि अन्य तथ्य खुल्नेछ ।
अनुसन्धानका क्रममा तीन दिनमा १७४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोतिहारीका वरिष्ठ प्रहरी अधिकारी कन्तेशकुमार मिश्रका अनुसार पाँच स्टेशन हाउस अफिसर र विभिन्न प्रहरी थाना र वडाका ९ कर्मचारीलाई निलम्बन गरिएको छ ।
यसैबीच विहारका मुख्यमन्त्री नितिश कुमारले सोमबार पीडित परिवारलाई ४ हजार ८८१ अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गरेका छन् । विषाक्त मदिराको सेवनबाट भारतमा यस्ता घटना बढ्दै गएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


