एजेन्सी, १९ चैत । संयुक्त राज्य अमेरिकाको मध्यपश्चिमी राज्य ओक्लाहोमास्थित एक मधुशालामा भएको गोलीकाण्डमा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

घटनामा अन्य तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

शनिबार राति ९ बजेको समयमा ह्वीस्की ब्यारेलमा गोली चल्दा उक्त हताहति भएको जानकारी दिँदै ओक्लाहोमा प्रहरी विभागले गोली चलाएको आरोपमा एकजनालाई पक्राउ गरिएको बताएको छ ।

घटनाको छानबिन भइरहेको छ ।