काठमाडौं, ३ चैत । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका रामसहायप्रसाद यादवको जितले स्वच्छ राजनीति गर्नेहरुलाई प्रोत्साहन मिलेको बताएका छन् ।

यादव निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले नवनिर्वाचित उपराष्ट्रपति यादव इमान्दारिता र स्वच्छ छविको प्रतिक भएको बताएका हुन् ।

उनले भने, ‘उहाँको यो विजयले स्वच्छ राजनीति र स्वच्छ छविलाई प्रोत्साहन दिने छ । यो विजय सबैको विजय हो ।’

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पनि उपराष्ट्रपति यादवको विजयलाई स्वभाविक रुपमा लिनुपर्ने प्रतिक्रिया दिएका छन् ।