संघर्ष समितिले हरिपुर्वामा आन्दोलन गर्दै

सर्लाही, ३ चैत । सर्लाहीको हरिपुर्वा नगरपालिकामा सर्वदलीय संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ ।
स्थानीय विकाउ यादवको अध्यक्षतामा गठित नगर स्तरीय सर्वदलीय संघर्ष समितिले आन्दोलनको घोषणा गरेको हो ।
सर्वदलीय संघर्ष समितिले नगरप्रमुख विनोदकुमार साहलाई ज्ञापन पत्र बुझाउँदै शनिबारदेखि ३ दिने आन्दोलन गर्न लागेको हो ।
जसअन्तर्गत शनिबार नगरभित्र माइकिङ्ग गर्ने, आइतबार शान्तिपुर्ण नारा जुलुसका साथै कोणसभा गर्ने र सोमबार नगरभित्र सवारीसाधन, पसल र नगरपालिका समेत बन्द गर्न लागिएको छ ।
सर्वदलीय संघर्ष समितिका अध्यक्ष विकाउ यादवले भने, ‘नगरपालिकाका पार्टी प्रतिनिधी, बुद्धिजीवी, किसान, मजदुर, बिधार्थी समेतको बैठक बसी छलफल हुँदा गत पुस १८ गते विभिन्न शिर्षक राखी नगरपालिकाबाट बैठकको लागि पत्र पठाइएको थियो । उक्त पत्रमा प्रशासकीय भवन तथा प्रहरी चौकीको लागि जग्गा छनौट गर्ने उल्लेख भएकोले सर्वदलीय संघर्ष समितिको ध्यानाकर्षण गर्नुपर्यो । किनकि प्रशासकीय भवन तथा प्रहरी चौकीको जग्गा दर्ता हुँदाहुँदै अर्को जग्गा छनौट गर्नु कुनै आवश्यक थिएन । संघर्ष समितिद्धारा नगरपालिका कार्यालयलाई पुस २० गते सुझाव सन्देश नगरप्रमुखलाई बुझाएर दर्ता समेत गराए पनि आजसम्म उक्त प्रस्ताव उपर कुनै प्रकारको छलफल नगरी संघर्ष समितिलाई आन्दोलनका लागि बाध्य बनाइएको छ ।’
उनले राम जानकी मठ(नरायण दास) र श्री केश्वर गरिब जनता मा.वि. को जग्गा हिनामिना भइरहेको र बाँकेदेखि संग्रामपुरसम्मको सडक हरिपुर्वा अन्तर्गत अधुरो तथा पुरानो बजार विस्तारका साथै बजारदेखि उत्तर बाँके नदीसम्मको सडक विस्तार र अस्पताल ,पम्पसेट समेत अलपत्र अवस्थामा देखिएकोले सर्वदलीय संर्घष समितिले नगरप्रमुख ाहलाई पटक पटक ताकेदा समेत गर्दा कुनै वास्ता नगरिएकोले बाध्य भएर आन्दोलन गर्न सर्वसहमतिबाट निर्णय गरिएको जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


