काठमाडौं, २६ पुस । नेकपा एमाले परित्याग गरी मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।

उनी केही दिनभित्र एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन् । नेकपा एसमा प्रवेश गर्नुअघि भुसालले ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ तयार पारेका छन् ।

उनले सबैजसो नेता÷कार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न आवश्यक सबै नीति र संरचनाका लागि देखाएको तत्परता सकारात्मक रहेको बताएका छन् ।

रूपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका भुसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।