किसानले बेहोरिरहेको विभिन्न समस्याबारे सरकारले विशेष ध्यान दिनुपर्छ : सीके राउत

काठमाडौं, २५ पुस । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संघीय लोकतान्त्रिक गणतन्त्रको सम्मान गर्दै यो व्यवस्थाको दिगोपनाका लागि आफ्नो पार्टीले सक्रिय भूमिका खेल्ने बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै उनले विश्वकै उत्कृष्ट व्यवस्थाको रक्षा गर्न पार्टी जिम्मेवार ढङ्गले लाग्ने विश्वास व्यक्त गरेका हुन् ।
अध्यक्ष राउतले आफूहरुलाई संसद्मा पुर्याउन भूमिका खेल्ने जनताको अभिमतलाई धन्यवाद दिँदै आफ्नो निर्वाचन क्षेत्रबाट यसअघि निर्वाचित उम्मेदवारको पनि स्मरण गरे ।
उनले विविधतायुक्त मुलुक नेपालको समस्यालाई सामूहिकरुपमा समाधान गर्न सबै अग्रसर हुनुपर्नेमा जोड दिए । उनले किसानले बेहोरिरहेको विभिन्न समस्याबारे सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


