एकताबद्ध भएर राष्ट्र निर्माणमा लाग्न अध्यक्ष ओलीको आग्रह

काठमाडौं, २५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताबद्ध भएर राष्ट्र निर्माणमा लाग्न आग्रह गरेका छन् ।
निर्वाचनपछिको पहिलो प्रतिनिधिसभा बैठकलाई सोमबार सम्बोधन गर्दै उनले अहिले राष्ट्रिय एकताको आवश्यकता रहेकाले सबैले राष्ट्र निर्माणमा लाग्न आग्रह गरेका हुन् ।
सबैलाई देश निर्माणमा सकारात्मक योगदान गर्न आग्रह गर्दै उनले देशका लागि सँगै काम आह्वान पनि गरे । वर्तमान सरकारले लोकतन्त्रको रक्षा, सम्वद्र्धन र सुदृढीकरणका लागि काम गर्ने ओलीको भनाइ थियो ।
सुशासन, भ्रष्टाचार नियन्त्रणमा सरकारको महत्वपूर्ण नीति हुने जनाउँदै भ्रष्टाचारप्रति शून्यसहनशीलतालाई जनताले पत्याउने गरी अगाडि लैजानेमा उनले विश्वास व्यक्त गरे ।
सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन सत्ता साझेदार दलको सहमतिमा छिट्टै न्यूनतम साझा कार्यक्रम आउने ओलीको भनाइ छ ।
ओलीले ज्वलन्त समस्याको सकारात्मक समाधान खोजेर मुलुकलाई अगाडि बढाउनुपर्ने उत्तरदायित्व प्रतिनिधिसभाको काँधमा आएको पनि बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


