आफ्ना मान्छे छुटाउन दबाब नदिनुहोला : गृहमन्त्री लामिछाने

काठमाडौं, २५ पुस । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाब नदिन आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाब नदिनुहोला ।’
गृहमन्त्री लामिछानेले भ्रष्टाचारको छानबिनमा राजनीतिक दल, नेता र सांसदले दबाव र प्रभाव पार्न नहुने बताए । विधिको शासन पालना गराउन सबैले सहयोग गर्नुपर्ने भन्दै उनले आफ्नो दलका नेता र सांसद अनियमिततामा सहभागी नहुने र नागरिकलाई दुःख नदिने बताए ।
भ्रष्टाचारका विषयमा सरकार निर्मम हुने पनि गृहमन्त्री लामिछानेको भनाइ थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले संसदले पनि त्यस्ता भ्रष्टाचारका घटना छानबिनका लागि फाइल खोल्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


