काठमाडौं, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले संसदमा पहिलो पटक सम्बोधन गरेका छन् ।

उनले आफ्नो पहिलो सम्बोधनमा अहिलेसम्मका सबै भ्रष्टाचारको छानबिन गरिने बताएका छन् ।

कुनै पनि कालखण्डमा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने बताउँदै उनले भ्रष्टाचार छानबिनमा सरकार कटिवद्ध रहेको बताए ।

उनले भने, ‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषयमा सरकार निर्मम भएर खडा हुन्छ ।’

उनले भ्रष्टाचारको अनुसन्धान र छानबिनमा प्रभाव नपारिदिन अन्य दलका सांसदहरूलाई आग्रहसमेत गरे । उनले भने, ‘आफ्ना मान्छे छुटाउनुपर्यो भन्दै दबाब नदिनुहोला ।’