संसद्लाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गरेका छन् ।
बैठकलाई सम्बोधन गर्दै उनले संसद्लाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको अबको कार्यकाल सुशासन र समृद्धिका लागि हुने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा आएका नयाँ दल र सांसदहरु संसदको पुँजी भएको पनि बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले नयाँ दलले संसदमा प्रतिनिधित्व गर्नु लोकतन्त्र र नागरिक सम्प्रभुताको जित भएको उनको भनाई छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


