आयल निगमले इन्धनको मूल्य घटायो

काठमाडौं, २४ पुस । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ घटाइएको हो ।
अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ ।
यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ) घटेको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर पर्नेछ ।
खाना पकाउने एलपी ग्यासको मुल्य भने हेरफेर भएको छैन ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


