काठमाडौं, २४ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिएको हो ।

बैठकले मधेस प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ भने संगठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णय पनि गरेको छ ।