काठमाडौं, २४ पुस । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन कुनै समस्या नभएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र यादवसहित तीनजनाको भेटका विषयमा बोल्दै यादवले आफ्नो पार्टीबाट विश्वासको मत दिने बताएका हुन् ।

प्रधानमन्त्रीसँग मिलाउनुपर्ने अरु विषयहरु आपसी सहमतिमा छलफल गरेर टुंगो लगाउने यादवले बताए ।

एकीकृत समाजवादीले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिने संकेत गरेका छन् ।