मिर्चैयामा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलायो

जनकपुरधाम, २४ पुस । सिरहाको मिर्चैयामा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको छ ।
मिर्चैया नगरपालिका–३ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा सिर्जनाकुमारी महराको मृत्यु भएपछि प्रदर्शन गरिरहेका विद्यार्थीमाथि प्रहरीले गोली चलाएको हो ।
प्रदर्शनकारीले ईलाका प्रहरी कार्यालय मिर्चैयामा घेरा हालेपछि ६ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।
भिड नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड ग्याँस सेल पनि प्रहार गरेको उनले बताए । प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा ७ जना प्रहरी घाइते भएका छन् ।
सगरमाथा माविमा अध्ययनरत १५ वर्षीया छात्रा महराको शनिबार राति मृत्यु भएको थियो । पानी माग्दा शिक्षिकाले दिएको स्प्रिट पिएपछि उनको मृत्यु भएको पीडित परिवार र विद्यार्थीहरुको आरोप छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


