जनकपुरधाम, १ असोज । सर्लाही प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ बस्ने ४१ वर्षीय बिनोद महरा र ४२ वर्षीय राजाराम कापर रहेका छन् ।

लालबन्दी नगरपालिका–१ स्थित सडकबाट ५ किलो अवैध लागूऔषध गाँजासहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले प्रदेश–२–०२–००५ प २२०६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरिएको बताइएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।