पेस्तोल र गोलीसहित एकजना पक्राउ

बुटवल, ३१ भदौ । बुटवल उपमहानगरपालिका–९ इटाभट्टास्थित होटल नमोबुद्धबाट एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ३ राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागलुङ घर भई हाल बुटवल उपमहानगरपालिका–८ सुख्खानगर बस्ने ३३ वर्षीय सन्तोष सलामी रहेका छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कोठा र उनको शरीर तलासी गर्दा उक्त पेस्तोल र गोली फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


