सिरहाका सबै पालिकाबाट राष्ट्रिय परिचयपत्र बन्ने

सिरहा, ३० भदौ । जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाका सबै पालिकाबाट राष्ट्रिय परिचयपत्र बन्ने बताएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहामा सेवाग्राहीको भिड अत्यधिक बढेको भन्दै एक सूचना जारी गरी असोज २ गतेबाट जिल्लाको १७ वटै पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीको हस्ताक्षरमा जारी सूचनामा जिल्लामा २०७७ कात्तिक २६ गतेबाट राष्ट्रिय परिचयपत्र बनाउने कार्य भइरहेको भए पनि सेवाग्राहीको भीडभाडलाई मध्यनजर राखि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सिरहाको १७ वटै पालिकाहरुमा स्टेशन खडा गरी परिचयपत्र बनाउने उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाद्वारा जारी सूचनामा परिचयपत्र बनाउन बाँकी रहेका सिरहाबासीलाई असोज २ गते आइतबारबाट आ–आफ्नै पालिकामा सम्पर्क गर्न सुचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी कवाडीले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


