झापामा ३५ वर्षीया महिला बलात्कृत

झापा, २९ भदौ । झापामा ३५ वर्षीया एक महिला बलात्कृत भएकी छन् ।
दमकतर्फ जान हिँड्दै गरेकी ती महिलालाई विर्तामोड नगरपालिका–२ बस्ने २० वर्षीय डम्बर तिम्सिनाले सोही ठाउँस्थित सिसौ घारीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले डम्बरलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


