सर्लाहीबाट लागूऔषधसहित एकजना पक्राउ

सर्लाही, २९ भदौ । सर्लाही प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मलंगवा नगरपालिका–९ बस्ने ४९ वर्षीय बिरेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मंगलवार दिउँसो लालबन्दी नगरपालिका–५ मा स्थानीय घनवहादुर सार्कीको घरमा डेरा गरी बस्ने दिलिप साहको कोठामा चौधरीले ५ किलो लागूऔषध गाँजा ल्याएको सूचना पाएपछि प्रहरीले गाँजासहित उनलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


