सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

सप्तरी, २७ भदौ । सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गमा प्रदेश–२–०१–००२ प ३९९३ नम्बरको मोटरसाइकल सडकमा रहेको कुकुरलाई बचाउने क्रममा बिहान साढे ८ बजे दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सप्तरीकै बोदेवर्साइन नगरपालिका–२ की ४५ वर्षीया अञ्जना देवी यादवलाई अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए ।
मोटरसाइकल चालक तथा अञ्जनाका श्रीमान भने सकुशल रहेको सप्तरी प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


