सर्लाही, २५ भदौ । सर्लाहीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।

सर्लाहीको हरिवन नगरपालिका–११ हरिवन बस्ने भीमप्रसाद दाहालको घरमा ठेकदारसँग श्रम गर्न आएकी स्थानीय ३५ वर्षीया श्यामकुमारी महतोलाई सर्पले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए ।

प्रहरीका अनुसार काम गर्ने क्रममा गोमन सर्पले टोकेपछि सिकिस्त भएकी महिलालाई उपचारको लागि नवलपुरस्थित सर्प दंश अस्पताल नवलपुर लगिएकोमा थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा रिफर गरिएको थियो । सोही अस्पतालमै राति ११ बजे मृत्यु भएको यादवले बताए ।

महिलाको मृत्यु भइसकेकाले शनिबार बिहान माइती पक्षले शव बुझेको छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।