महोत्तरी, २५ भदौ । महोत्तरी प्रहरीले लागूऔषध कारोबार गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–८ बस्ने तुलबहादुर आले र वडा नम्बर–२ बस्ने दीपक महतो रहेका छन् ।

विशेष सूचनाका आधारमा उनीहरूलाई खानतलासी गर्दा ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध फेला परेको इलाका प्रहरी कार्यालय वर्दिबासले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट डियाजपान लेखिएको २० एम्पुल, नोफिन लेखिएको २० एम्पुल, प्रोमेथोजाइन हाइड्रोक्लोराइड २० एम्पुल, कोडियन फोस्फेट मिलेट साइरुप लेखिएको १०० एमएलका २ बोतल र नाइट्रोभेट १० लेखिएको २३ चक्की बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रबी रावलले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।